Logo
Logo

प्रहरीमा अर्काे चलखेल, एआईजीको दरबन्दी थपियो, को होला बढुवा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ मंसिर ।
संगठन तथा व्यवस्थापन सर्वेक्षण बिना नै चलखेलका आधारमा नेपाल प्रहरीका एआईजीको दरबन्दी थपिएको छ । केही व्यक्तिहरुको चलखेलका आधारमा दरबन्दी थप भएको हो । महानगरी प्रहरी कार्यालय(प्रस्तावितः संघीय राजधानी प्रहरी कार्यालय)मा एआईजीको दरबन्दी राख्न लागि एआईजीको दरबन्दी थपिएको हो ।

This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

बुधबारको मन्त्रिपरिषद्को बैठकले एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप्ने निर्णय गरेको हो । त्यससम्बन्धि पत्र प्राप्त भएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए ।
रिक्त एआईजी पदमा बढुवाका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका डिआईजीहरु दाबेदार हुन् । तर, तल्लो ब्याचका डिआईजीहरुले त्यसमा शक्तिकेन्द्र धाएका छन् । डिआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा तथा धिरजप्रताप सिंंह सो पदमा बढुवाका लागि प्रमुख दाबेदार देखिएका छन् । डिआईजी बढुवामा सबैलाई पछि पारेका पोखरेल यसअघि नै एआईजी बन्ने प्रयास गरेका थिए । तर, आईजिपी क्षेत्रकी कारण रोकिएको थियो । अहिले एआईजीको दरबन्दी थप गर्न समेत उनकै भूमिका रहेको प्रहरी स्रोत बताउँछ । ब्याचमा यसरी चलखेलका आधारमा जुनियर र एक जनालाई मात्र बढुवा गर्दा संगठनमा चेन अफ कमाण्ड ध्वस्त हुने प्रहरी अधिकारीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्