काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्ग्याएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले कांग्रेसलमई दिने भएको छ । संसदीय समितिहरूको निर्वाचन शुक्रवार हुँदै छ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदै छ ।












