काठमाडौं । बिहीबार सेयर बजारका ३३.८३ अङ्कले ओरालो लागेको छ । नेप्से आज ओरालो लागेसँगै २८३३ विन्दुमा पुगेको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको कारोबार भएको छ । आज ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।
बैङ्किङ ०.८०, विकास बैङ्क १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटे ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् ।
सिन्धु विकास बैङ्कको मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर रहेका छन् ।











