काठमाडौं । राप्रपाले सातवटै प्रदेशमा चुनावी समीक्षा बैठक गर्ने भएको छ । राप्रपाको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिसँगको परामर्शमा सबै प्रदेशको बैठकको मिति तय गरिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

समीक्षा बैठक वैशाखको दोस्रो सातासम्म सम्पन्न गरिने श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्षहरू, क्षेत्रीय अध्यक्षहरू, प्रदेशसभा क्षेत्रीय अध्यक्षहरू, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू एवं जिल्ला निर्वाचन समितिका संयोजकहरूको सहभागिता रहनेछ ।
पार्टीको केन्द्रीय सचिवालयको आयोजनामा हुने प्रदेशको समीक्षा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारीहरू सहभागी हुनेछन् ।











