Logo
Logo

टुंगिएन कांग्रेस आधिकारिकता विवाद, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा


756
Shares

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुरु भएको पहिलो दिनको सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको थियो । त्यसपछि आयोगको सो निर्णयविरुद्ध देउवासहित उनको कार्यसमितिका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए ।

सो रिटमा सुरुमा अन्तरिम आदेश दिन इन्कार गरेर सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश गरेको थियो । विपक्षीबाट कारणसहितको जवाफ सर्वोच्चमा पुगिसकेको छ ।

यसैक्रममा चैत २७ मा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनवाइ भएको थियो । जसमा विपक्षीलाई पेसीको सूचना दिने आदेश मात्रै जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्