Logo
Logo

कोरोनाबाट हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ मंसिर । होटेल संघ नेपाल (हान)का निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ओल अस्पतालमा मृत्यु भएको हो ।
हानका सदस्य युवराज श्रेष्ठका अनुसार दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर छन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्