Logo
Logo

सुदूरपश्चिममा कांग्रेसले गर्ने भनेको निर्वाचन समीक्षा स्थगित


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको निर्वाचन समीक्षा कार्यक्रम स्थगित भएको छ । आज (शनिबार)का लागि पूर्वनिर्धारित निर्वाचन समीक्षा कार्यक्रमलाई कांग्रेसले अनिश्चितकालका लागि स्थगित गरेको हो ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रदेश कार्यसमितिलाई पत्र पठाएर शनिबारका लागि तय भएको कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

पूर्वनिर्धारित कार्यक्रम स्थगित हुनुको कारणबारे भने पत्रमा खुलाइएको छैन । ‘पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश अर्को सूचना जारी नभएकासम्मका लागि स्थगन गरिएको’, पत्रमा उल्लेख छ ।

तर, सुदूरपश्चिम प्रदेश कार्यसमितिले कार्यक्रम आयोजनाका लागि चासो नदेखाएपछि शनिबारको चुनावी समीक्षा स्थगित भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्