Logo
Logo

आज विश्व सम्पदा दिवस


63
Shares

काठमाडौँ । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो।

The current image has no alternative text. The file name is: pasupati.gif

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन्।

यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति र पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयले गहना पोखरीबाट भाटभटेनी मन्दिरसम्म पदयात्रा गर्ने कार्यालय प्रमुख पवनकुमार पोखरेलले राससलाई जानकारी दिए।

पदयात्रा पछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम पनि गरिने जानकारी उनले दिए। कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्