Logo
Logo

इरानले हर्मुज जलमार्ग खुला गरेको घोषणापछि कच्चा तेलको भाउ घट्यो


882
Shares

काठमाडौं । इरानले हर्मुजको जलमार्ग व्यावसायिक जहाजका लागि खुला गरेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ ।

हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी आएको हो । अमेरिका–इजरायल र इरानबीच युद्धविरामको बाँकी अवधिका लागि इरानले हिजो हर्मुज जलमार्ग खुला गरेको घोषणा गरेको छ । यो घोषणापछि ब्रेन्ट कच्चा तेलमा प्रतिब्यारेल ८८ डलरमा झरेको छ, जुन घोषणा अघि ९८ डलरभन्दा माथि थियो ।

हर्मुज जलमार्ग इरानको दक्षिणमा रहेको साँघुरो भाग हो, जहाँबाट तेल र तरल प्राकृतिक ग्यास ढुवानी गरिन्छ । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण शुरु गर्नुअघि कच्चा तेलको भाउ प्रति ब्यारेल ७० डलरभन्दा कममा कारोबार भइरहेको थियो । झण्डै तीन महिना अघि गएको फेब्रअरी २२ तारिखमा युद्ध शुरु भएको थियो ।

मार्चमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११९ डलरभन्दा माथि पुगेको थियो । यसबीचमा भाउमा पटक–पटक उतारचढाव भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्