काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अङ्कको घटेको छ । आज नेप्से १३.१७ अङ्कले घटेर २ हजार ८ सय २५ दशमलव २३ विन्दुमा बन्द भएको हो ।

आज ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६५ कम्पनीको सेयरमूल्य बढ्दा १९७ वटाको घटेको छ । बाँकी ६ वटाको सेयरमूल्य भने स्थिर रहेको छ ।
घटेको बजारमा २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा सुर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक कम्पनी र होटल फरेस्ट इन लिमिटेड रहेका छन् । यी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजैदेखि लागूहुनेगरेर नेप्सेले १० प्रतिशतसम्म घटबढ हुने सेयरमूल्यमा वृद्धि गर्दै १५ प्रतिशत कायम गरेको थियो ।
त्यस्तै, दुई कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा दोल्ती पावर कम्पनी र एनआईसी एशिया ग्रोथ फण्ड–२ रहेका छन् । यी कम्पनीको सेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार होटल फरेस्ट इनको सर्वाधिक भएको छ । यस कम्पनीको आज ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।











