
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको ४० जिल्लाका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई खटाएको हो ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न नसकेका निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकेको बताए । रास्वपाले प्रत्यक्षतर्फ १६५ मा १२५ सीट जितेको थियो भने समानुपातिक प्रणालीबाट ५७ सीट प्राप्त गरेको छ ।













