Logo
Logo

नेपाल ‘ए’ले ओमनलाई दियो २८५ रनको लक्ष्य


630
Shares

काठमाडौं । नेपाल ‘ए’ले ओमनविरुद्धको दोस्रो एक दिवसीय खेलमा टोलीले २८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत दिएको छ ।

शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८४ रनको बनाएको हो । नेपाल ‘ए’का लागि इशान पाण्डेले सर्वाधिक ६९ रन बनाए ।  

देव खनाल ६४ रन बनाए ।  ३२ बलमा ५७ रन बनाएका कुशल मल्ल रन आउट हुन पुगे । 

त्यस्तै, सन्दीप जोराले ४२ रन बनाउँदा वसिम अलीको बलमा क्याच आउट नै भए । सन्तोष यादव १५ रनमा अविजित रहे । अर्जुन कुमाल १३ र अनिल कुमार शाह ७ रनमा पेभेलियन फर्के । 

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। नेपाल ‘ए’ टोली पहिलो खेलमा ओमानसँग ७० रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्