Logo
Logo

यूएईमाथि नेपालको सानदार जित


819
Shares

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै सानदार जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार सम्पन्न खेलमा नेपालले दिएको २०१ रनको विजयी लक्ष्य पछ्याएको यूएईलाई १६३ रनमा समेट्दै नेपालले रोमाञ्चक जित निकालेको हो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारी र बलरहरूको कसिलो प्रदर्शन निर्णायक बन्यो ।

युएका लागि हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए । यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८,२ ओभरमा २०० रनमा अलआउट भयो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७६ रन जोडे । ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए । अन्य ब्याट्म्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकीले ९,२ ओभरमा ३ मेडेनसहित ३३ रन खर्चेर तीन विकेट लिए भने अजय कुमारले ९ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए । यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए । नेपालले अब अर्को खेलमा बुधवार ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्