Logo
Logo

उद्योग वाणिज्य महासंघले बोलायो कार्यकारिणी समितिको बैठक


504
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

महासंघको ६०औँ वार्षिक साधारण सभाको सम्बन्धमा छलफल गर्नका लागि बैठक बोलाइएको महासंघका महानिर्देशक गोकर्ण राज अवस्थिले जानकारी दिए ।

The current image has no alternative text. The file name is: nepal-udhyog-banijya.jpg

कार्यकारिणी समितिको बैठक वैशाख २० गते दिउँसो १ः३० बजे होटल रोयल टुलिपमा बस्ने भएको छ। चन्द्र ढकाल अध्यक्ष रहेको महासंघ कार्यसमितिको यो अन्तिम बैठक हो।

महासंघले ६०औँ वार्षिक साधारण सभा वैशाख २१ गते आयोजना गर्न लागेको छ। यसअघि चैत २९ र ३० गतेको लागि तय भएको साधारण सभा उच्च अदालत पाटनको आदेशले स्थगित भएको थियो।

महासंघले आगामी साधारण सभामा पेस हुने स्वागत तथा सम्बोधन मन्तव्य र निर्वाचनको कार्यक्रमको विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाएको बताइएको छ।

महासंघको ६०औँ साधारणसभाको उद्घाटन पनि होटल रोयल टुलिपमै हुने र निर्वाचन कार्यक्रम भने वैशाख २२ मा प्रज्ञा भवनमा हुने महासंघले जनाएको छ

प्रतिक्रिया दिनुहोस्