काठमाडौं । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज ओमान र युएईबीच खेल हुँदै छ ।

टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि सुरु हुँदै छ । जारी सिरिजको पहिलो खेलमा युएई नेपालसँग पराजित भएको थियो । लिग९ २ मा ओमानको २४ खेलमा २९ अङ्क रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै युएईको २१ खेलमा १० अङ्क रहेको छ र अङ्क तालिकामा पुछारमा छ ।
ओमान र युएई एकदिवसीय खेलमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने ३ खेल युएईले जितेको छ । त्यस्तै एक खेल टाई भएको थियो ।
पछिल्लो पटक दुवैबीच २०२४ को नोभेम्बरमा भएको खेल ओमानले ४ विकेटले जितेको थियो ।











