Logo
Logo

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार, स्थानीय खुसी


नन्दा थापा


  • नन्दा थापा

बाजुरा, ७ मंसिर । नेपाल विद्युत प्राधिकरणले बाजुरामा विद्युत सेवा विस्तार गरेको छ । राष्ट्रिय प्रशारण लाइनमार्फत बाजुराको बुढीगंगा नगरपालिका–३ बसालीबाट जिल्लामा विद्युत लाइन विस्तार गरेको हो ।
जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत प्रशारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बुढीगंगाको बसाली गाउँबाट विद्युत सेवा सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरणका बाजुरा कार्यालय प्रमुख महेश चन्द्र भट्टले बताए ।
बाजुरामा जडान गरिएको प्रशारण लाइनको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले विजुलीको स्वीच अन गरेर उद्घाटन गरेका थिए । लाइन विस्तारसँगै बुढीगंगा नगरपालिका ३ का ५२ परिवारले विद्युत सेवा उपयोग गर्न पाएको वडा अध्यक्ष खडक अधिकारीले बताएका छन् ।


साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नम्बर वडामा विजुली विस्तार गर्ने योजना सहीत प्रशारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयले पहिलोपटक विद्युत सेवा उपयोग गर्न पाउँदा खुसी भएका छन् ।
विद्युत लाइन विस्तारको उद्घाटनका लागि पुगेका प्रतिनिधी सभा सदस्य लालबहादुर थापा सहीतलाई स्थानीयले भव्य स्वागतका साथ पञ्चेबाजाले अभिनन्दन गरेका छन् । बर्षौदेखिको सपना पुरा भएको र अँध्यरोबाट उज्यालो युग सुरु भएको स्थानीयले प्रक्रिया दिएका छन् ।
वडामा पर्ने अझै १४ टोलमध्ये २ वटा बस्तीमा मात्र विद्युत विस्तार भएकोले तत्काल अरु बस्तीटोलमा पनि लाइन विस्तार हुनुपर्ने स्थानीय समेत रहेका वडा सदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिएपनि ट्रान्सफर्मर आएलगत्तै अन्य बस्तीमा पनि विद्युत विस्तार हुने प्राधिकरणले बताएको छ ।
स्थानीय लघु जलविद्युत उत्पादन गरेर विजुली सेवा सञ्चालनमा रहेपनि विद्यूत प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार सुरु गरेको हो । २ वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिएपनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको हो । विद्युत जडानपछि स्थानीय खुसी भएका छन् भने लाइन विस्तारमा अगुवाइ गर्ने नेताहरु पनि हर्षित देखिएका छन् । जिल्लामा अझै आधा बढी जनसंख्या विद्युतको उज्यालोबाट वञ्चित छ ।
ती सबै बस्तीलाई उज्यालो पार्ने योजनासहित प्रक्रिया र काम कारवाही अघि बढिरहेको नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद थापाले बताए । केही समयभित्रै बुढीगंगा १, २ र ३ मा सबैजसो बस्तीमा प्रशारण लाइन पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्