Logo
Logo

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा 


882
Shares

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा। दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा.केदारप्रसाद रिजालले राजीनामा दिएका छन् । नयाँ सरकारलाई सहयोग गर्न भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिएका हुन् । केसीले सरकारलाई काम गर्न सजिलो होस् भनेर आफूले राजीनामा दिएको बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई २०८२ असार २५ गते त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए । तत्कालीन उपकुलपति प्रा। केशरजंग बरालले राजीनामा दिएपछि अर्याललाई कुलपति नियुक्त गरिएको थियो । 

केसी र रिजाल भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा २०८० चैत ३० गते क्रमशस् रेक्टर र रजिस्ट्रारमा नियुक्त भएका थिए । उनीहरूलाई तत्कालीन उपकुलपति बरालको सिफारिसमा नियुक्त गरिएको थियो । त्रिविको पदाधिकारी कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था छ ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको सरकारको भनाइ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्