
काठमाडौं । सेयर बजार मापक नेप्सेमा आज (बिहीबार) पनि गिरावट आएको छ । आज नेप्से ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो । आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयर १२.५७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १०.३८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २६ करोड ७५ लाख र अन्खु खोला हाइड्रोको २१ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।











