Logo
Logo

प्रधानमन्त्री कप एनभीए भलिबल लिगको फाइनल खेल आज


378
Shares

काठमाडौं । प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत आज पुरुष र महिला दुवैतर्फको फाइनल खेल हुँदैछ ।

The current image has no alternative text. The file name is: vollyball_sRJXx6pMMk.jpg

पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र रुकुम पश्चिमले खेल्दैछन् । त्यस्तै महिलातर्फ फाइनलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

महिलाको फाइनल खेल दशरथ रङ्गशाला त्रिपुरेश्वरको कभर्डहलमा दिउँसो १ बजेपछि शुरु हुनेछ भने पुरुषतर्फ दिउँसो ४ बजे हुने नेपाल भलिबल संघले जनाएको छ । लिगमा पुरुषतर्फ आठ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका हुन् ।

लिगको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । एनभीए लिगका उत्कृष्ट महिला र पुरुष दुवै टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा खेल गएको वैशाख १० गतेदेखि शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्