Logo
Logo

विश्वकप डिभिजन लिग-२ : आज ओमान र युएई खेल्दै 


189
Shares

काठमाडौं। जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिज अन्तर्गत आज ओमान र युएईबीच खेल हुँदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: oman-uae.jpg

जारी सिरिजमा ओमानले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै  युएईले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ भने ओमानलाई पराजित गरेको छ ।

त्यस्तै लिग-२ को अङ्कतालिकामा ओमान २६ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ भने युएई २३ खेलमा १२ अङ्कसहित पुछारमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा ओमान र युएई अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने युएईले ३ खेल जितेको छ । त्यस्तै एक खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्