Logo
Logo

आईसीसी विश्वकप लिग २ : यूएईले ओमानलाई दियो ३०९ रनको लक्ष्य


126
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएई र ओमानबीचको कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा यूएईले ३०९ रनको लक्ष्य दिएको छ ।

The current image has no alternative text. The file name is: oman-uae.jpg

४७ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०८ रन  बनाएको हो । 

यूएईका चार ब्याट्सम्यानले अर्धशतक बनाए । हरप्रित सिंहले ७७, मुहम्मद शाहदादले ७४, अजीव उस्मानीले ७० तथा आर्यान्श शर्माले ५० रन जोडे । यी चार ब्याटरबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ ओमानका मुहम्मद इमरानले तीन, नदीम खानले दुई तथा आर्यान बिष्ट र शकिल अहमदले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्