Logo
Logo

ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


378
Shares

काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ ।टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै ओमानले पहिला बलिङ गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: cricket-2.jpg

जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने यसअघिको ओमानविरुद्धको खेलमा हार बेहोरेको थियो । त्यस्तै ओमानले युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो भने नेपाललाई पहिलो खेलमा पराजित गरेको थियो ।

लिग९२ मा भने ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने २३ खेलमा १६ अङ्क रहेको छ र सातौँ स्थानमा रहेको छ ।

त्यस्तै एकदिवसीय खेलमा नेपाल र ओमान अहिलेसम्म ८ पटक आमने सामने भएका छन् । जसमा ओमानले ५ खेल जितेको छ भने नेपालले ३ खेल जितेको छ । 

आज टिममा दुई परिवर्तन गरिएको छ । आज भीम सार्की र सोमपाल कामीको स्थानमा आसिफ सेख र करण केसीलाई खेलाइएको छ । 

यस खेलमा नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्