काठमाडौं । नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग९ २ अन्तर्गतको सिरिजको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै २५६ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ९४ रन बनाएका थिए भने अर्जुन कुमालले ४८ रन बनाएका थिए । त्यस्तै आरिस सेखले २४ बलमा आक्रामक ४३ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३३ र गुलशन झाले १७ रनको योगदान दिएका थिए ।
त्यसैगरी ओमानका बलर नदीम खानले ३ विकेट लिए भने शकील अहमद र हसनैन शाहले २-२ तथा जितेन रामानान्दी र आर्यन विस्टले एक एक विकेट लिएका थिए ।












