Logo
Logo

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, यस्तो बन्यो नयाँ कार्यसमिति


882
Shares

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन भएको छ। महासंघको ६०औं साधारणसभा तथा निर्वाचनमार्फत नयाँ कार्यसमिति चुनिएको हो।

नेतृत्व चयन र कार्यकाल
महासंघको मौजुदा विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन्। उनी निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए। नवनिर्वाचित अध्यक्ष श्रेष्ठको कार्यकाल तीन वर्षको हुनेछ।

यस पटक जिल्ला, नगर उद्योग वाणिज्य समूहतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भए । उनीहरूले क्रमश: ८७ र ८० मत पाए । उनीहरूका प्रतिस्पर्धी उमेश डालमिया र कल्पना गैरेले क्रमश: ५७ र ३४ मत पाए ।

वस्तुगततर्फ निर्वाचित हुने एक उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत पाए । एसोसिएटतर्फ एक उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ । जसमा प्रबलजंग पाण्डे विजयी भए । उनले १ हजार ७९ मत ल्याउँदा प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७ सय ५० मत पाइन् ।

कार्यसमिति सदस्यहरूको विवरण
१. जिल्ला/नगर उद्योग वाणिज्य संघ (खुला) समूहबाट १५ जना सदस्य निर्वाचित हुने प्रावधान छ।

निर्वाचित हुने सदस्यहरू: अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् ।

महिला सदस्य: गिता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन्।

२. प्रदेशगत प्रतिनिधि (जिल्ला/नगर समूह)
सातै प्रदेशबाट कूल १४ जना सदस्यहरू निर्वाचित भएका छन्:

कोशी: जीवन पराजुली र रमेश विश्वकर्मा

मधेश: अमरनाथ साह र विकासकुमार सारडा

बागमती: प्रकाश मानन्धर र सविन श्रेष्ठ

गण्डकी: पवित्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ

लुम्बिनी: यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी

कर्णाली: पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा (निर्विरोध)

सुदूरपश्चिम: पिताम्बर जोशी

३. वस्तुगत समूह
यस समूहबाट १३ जना सदस्य निर्वाचित भएका छन्। जसमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रबिन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भए।

महिला सदस्य: सुनिता न्हेम्हाफुकी।

वस्तुगत महासंघ कोटा: विश्वनाथ खनाल र सुनैना घिमिरे।

४. एसोसिएट समूह
एसोसिएटतर्फ १७ जना कार्यसमिति सदस्य निर्वाचित भएका छन्:
अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जीसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा।

महिला सदस्य (एसोसिएट): अभिज्ञा मल्ल र जुना माथेमा।

५. अन्य समूह
द्विराष्ट्रिय उद्योग वाणिज्य संघ: मनोज पौडेल।

संस्थापक सदस्य समूह: गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ।

प्रतिक्रिया दिनुहोस्