Logo
Logo

नेपालमा कोरोना संक्रमणदर घट्यो, दुई लाख धेरै निको भए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर ।
केही दिनयता नेपालमा कोरोना संक्रमण घटेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। दशै अघि दैनिक ४ हजार भन्दा धेरै संक्रमित हुने गरेकोमा केही साता यता दैनिक करिब दुई हजार मात्र संक्रमित थपिएका छन् ।


मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ। देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मंगलबार २४ जना थपिएसँगै अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

संक्रमणदर घटे पनि दशैंपछि मृत्युदर भने बढेको छ । यसबाट परीक्षण कम भएकाले संक्रमण घटेको देखाउने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्