Logo
Logo

सचिव बढुवासहित मन्त्रिपरिषद्बाट विभिन्न महत्वपूर्ण निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको । बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रशासनतर्फ गोकर्णमणि दुवाडी, कृषितर्फ योगेन्द्र कार्की तथा इन्जिनियरीङतर्फ सुरेश आचार्य सचिवमा बढुवा भएका हुन् ।


त्यस्तै, बैठकले निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचन दोस्रो पटक स्थगन गरेको छ । २७ मंसिरका लागि चुनाव तय भएको थियो । सत्तारुढ नेकपा निकट कर्मचारी संगठनकै जित्ने अवस्था नभएपछि चुनाव स्थगत भएको स्रोत बताउँछ ।

बैठकले सगरमाथाको उचाई सार्वजनिक गर्न पनि स्वीकृती दिने निर्णय गरेको एक मन्त्रीले बताए । गत वर्ष नापी विभागको टोलीले सगरमाथाको उचाई मापन गरेको थियो । चीनसँग समन्वय गरी भूमी सुधार मन्त्रालयले उचाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्