Logo
Logo

सेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्दा कारोबार पनि उकालो


378
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बजारमा सकारात्मक माहोल देखिँदा सबै उपसूचक हरियाली भएका छन् ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

सोमबार नेप्से परिसूचक ३८.१९ अंक अर्थात् १.३९ प्रतिशतले बढेर २७८३ अंकमा पुगेको छ। यो दिनभरकै उच्च बिन्दु पनि हो। कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजारले निरन्तर उकालो यात्रा कायम राखेको थियो। यसअघि शुक्रबार पनि नेप्से २७ अंकले बढेको थियो ।

कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार यो रकम बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

आज २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

सबै समूहगत सूचकमा वृद्धि देखिएको छ। अन्य समूह सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ १.०२, विकास बैंक १.३६, फाइनान्स १.८१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.७९, लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६० तथा व्यापार समूह १.१५ प्रतिशतले उकालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १४.१८ प्रतिशतले बढेको छ। त्यसपछि दोल्ती पावर ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्त ६.७८ प्रतिशत तथा मेन्छियाम हाइड्रोपावर ६.६४ प्रतिशतले उकालो लागेका छन्।

यता त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २.८७ प्रतिशतले घटेको छ। उल्लेखनीय रूपमा, अघिल्लो कारोबार दिन यही कम्पनीको मूल्य १० प्रतिशतले बढेको थियो। त्यस्तै झापा इनर्जी २.२३ प्रतिशत र एसियन हाइड्रोपावर २.१० प्रतिशतले घटेका छन्।

सोमबार सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र साहस ऊर्जा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्