Logo
Logo

आईसीसी विश्वकप लिग-२ः सन्दीप एक्लैले लिए स्कटल्याण्डको चार विकेट


504
Shares

काडमाडौं । लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध दबाब बढाउँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको स्कटल्यान्डले २५ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय २८ रन बनाएर खेलिरहेको छ। नेपालका लागि चारै विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

सन्दीपले ओपनर जर्ज मुन्सेलाई ७५ रनमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट गराए। ६२ बलमा १२ चौका र २ छक्का हानेका जर्जलाई २०.३ ओभरमा पेभेलियनको बाटो देखाए।

सोही ओभरको अन्तिम बलमा अर्का ओपनर फिन्ले म्याकक्रेथ ३५ रन बनाउँदा सन्दीपकै बलमा एलबीडब्लु धरापमा परे।

ब्रान्डोन म्यकमुलेन ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। कप्तान रिची बेरिङटोन ५ रनमा सन्दीपकै बलमा एलबीडब्लु धरापमा परे।

प्रतिक्रिया दिनुहोस्