Logo
Logo

कारोबार सुस्तिँदा नेप्सेमा गिरावट, २ अर्ब ८० करोड मात्र कारोबार


0
Shares

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ४.१५ अंकले घटेर २७४० विन्दुमा झरेको छ । बजारसँगै कारोबार रकम पनि उल्लेख्य घटेको छ ।

The current image has no alternative text. The file name is: share-market-dhitopatra-dalal.jpg

अघिल्लो दिन ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार जम्मा २ अर्ब ८० करोड रुपैयाँको मात्र कारोबार भएको छ । यो रकम गत फागुन २५ यताकै न्यून कारोबार हो ।

आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । व्यापार र उत्पादन समूहबाहेक सबै उपसमूह ओरालो लागेका छन् ।

व्यापार समूह १.५० प्रतिशत र उत्पादन समूह ०.४७ प्रतिशतले बढेका छन् । यस्तै बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१ तथा अन्य समूह ०.३० प्रतिशतले घटेका छन् ।

आज एसियन हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढेको छ । एसवाई प्यानल ४.६२ प्रतिशतले बढ्दै दोस्रो स्थानमा रह्यो । यता धौलागिरि लघुवित्तको सेयर मूल्य ११.१७ प्रतिशतले घटेको छ । झापा इनर्जी ९.४३ प्रतिशत र रिजलाइन इनर्जी ४.८७ प्रतिशतले ओरालो लागे ।

कारोबार रकमका आधारमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स् अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्