Logo
Logo

लगातार तेस्रो दिन घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो


0
Shares

काठमाडौं । लगातार तीन दिनदेखि सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १० अंकले घट्दै २७३० अंकमा बन्द भएको छ ।

The current image has no alternative text. The file name is: Share-Market-up.jpg

आजको कारोबार रकम भने बढेर ३ अर्ब २९ करोड पुगेको छ, जुन अघिल्लो दिन २ अर्ब ८० करोड थियो ।

बजारमा ८० कम्पनीको मूल्य बढ्दा १७४ कम्पनीको घट्यो भने १४ कम्पनी स्थिर रहे । समूहगत रूपमा अधिकांश सूचक घटे पनि व्यापार र जीवन बीमा समूह सामान्य रूपमा बढेका छन् ।

सबैभन्दा धेरै वृद्धि युनियन हाइड्रोपावर (९.७९%) मा देखियो भने एसियन हाइड्रोपावर (९.८९%) सबैभन्दा धेरै घट्यो ।

आज हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल, युनियन हाइड्रोपावर र माउन्टेन इनर्जी सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परे ।

प्रतिक्रिया दिनुहोस्