Logo
Logo

इजरायल र लेबनानबीच युद्धविराम ४५ दिनका लागि थप


126
Shares

काठमाडौं । इजरायल र लेबनानबीच युद्धविराम ४५ दिनका लागि थप भएको छ । अघिल्लो महिनादेखि लागू भएको युद्धविरामलाई थप ४५ दिन लम्ब्याउन दुई देश सहमत भएका हुन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्समार्फत गएको अप्रिल १६ तारिख देखि शुरु भएको तनाव अन्त्यको प्रयासका लागि थप ४५ दिनका लागि युद्धविराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ यसबीचमा इजरायल र लेबनानबीच वार्ताका लागि थप प्रयास हुनेछ ।

अमेरिकी विदेश मन्त्रालयमा दुई देशबीच राजनीतिक वार्ता हुनेछ । त्यसअघि दुवै देशका सैन्य प्रतिनिधिबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ । युद्धविरामको समयावधि थपिए पनि दक्षिणी लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाहबीचको सघर्ष भने रोकिएको छैन । लेबनानी राष्ट्रिय समाचार एजेन्सीकाअनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्