Logo
Logo

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन


252
Shares

बागमती ।  आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । 

The current image has no alternative text. The file name is: hetauda.jpg

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको छ ।

चालु आवको वैशाखसम्ममा  अन्तशुल्कतर्फ रु तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार, आयकरतर्फ रु एक अर्ब दुई करोड चार लाख ९६ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ रु छ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ रु एक करोड ५९ लाख ८८ हजार राजस्व सङ्कलन भएको छ । 

प्रमुख सुवेदीका अनुसार चालु आवमा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ ।  करदाताहरूको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए । 

प्रतिक्रिया दिनुहोस्