Logo
Logo

नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने


189
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: cricket-7.jpg

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली टोलीले फिल्डिङ गर्ने भएको हो । 

स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल डीएल मेथडमा २ रनले पराजित भएको थियो । अमेरिकामाथि भने ९ विकेटको फराकिलो जित निकालेको थियो । 

नेपालको प्लेइङ ११मा कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्