Logo
Logo

नेपाल डब्लूएचओ महासभाको उपाध्यक्ष निर्वाचित


315
Shares

काठमाडौं । नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ ।
स्विट्जरल्यान्डको जेनेभास्थित पाले डे नेसन्समा आयोजित डब्लूएचओको ७९औँ विश्व स्वास्थ्य महासभामा नेपाल सर्वसम्मत रूपमा उपाध्यक्ष निर्वाचित भएको हो ।

महासभाको यही सत्रअन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले वक्तव्य राख्ने कार्यक्रम छ । स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी भएको छ । जेठ ३ बाट सुरु भएको महासभा जेठ १० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्