Logo
Logo

सरकार र रास्वपा सांसदहरूको चर्को आलोचना गरेका दुर्गा प्रसाईं पक्राउ


0
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले ‘माथिको आदेश’ भन्दै उनलाई पक्राउ गरेको भए पनि कुन कसुरमा समातिएको हो भन्नेबारे आधिकारिक रूपमा खुलाएको छैन।

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं मंगलबार वीरगञ्जमा बैंकिङ तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन सोमबार सिमरा विमानस्थल हुँदै त्यहाँ पुगेका थिए।

सो क्रममा उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूमाथि गम्भीर आरोपसहित चर्को आलोचना गरेका थिए।

यसअघि पनि उनले पटकपटक पर्सामा कार्यक्रम गर्न खोजेका थिए । तर प्रहरी प्रशासनले उनलाई पक्राउ गरेर कार्यक्रम रोक्दै आएको छ ।

उनले कार्यक्रम गर्न अनुमति पनि पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्