Logo
Logo

आईपीएल २०२६ : हैदराबाद प्लेअफमा


315
Shares

काठमाडौं । आईपीएल २०२६ अन्तर्गत सोमबार भएको खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबाद प्लेअफमा पुगेको छ ।

चेन्नईले दिएको १८० रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । यो जितसँगै हैदराबाद प्लेअफको लागि छनोट भएको छ भने चेन्नईको शीर्ष चारमा पुग्ने सम्भावना निकै कठिन बनेको छ ।

हैदराबादको जितका इशान किशनले ४७ बलमा ७० रन बनाए । उनीसँगै हेनरिक क्लासेनले २६ बलमा ४७ रन बनाए । सलिल अरोरा १० र आर. स्मरन ५ रन बनाए ।

बलिङतर्फ चेन्नईका लागि मुकेश चौधरीले २ विकेट लिए भने अकील हुसेन, नूर अहमद र अंशुल कम्बोजले १र१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । उसको लागि सञ्जु सामसनले १३ बलमा २७ रन बनाए । 

यस्तै, कार्तिक शर्माले १९ बलमा ३२ रन थपे भने डेवाल्ड ब्रेभिसले २७ बलमा ४४ रन र शिवम दुबेले २६ रन जोडे । ब्रेभिस र शिवमले पाँचौं विकेटको लागि ५९ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ हैदराबादका प्याट कमिन्सले चार ओभरमा मात्र २८ रन खर्चेर तीन विकेट लिए । शकिब हुसेनले दुई विकेट लिए भने इशान मालिंगा र प्रफुल हिङ्गेले एकरएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्