Logo
Logo

विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज स्कटल्यान्ड र अमेरिका खेल्दै


567
Shares

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ अन्तर्गत आज स्कटल्यान्ड र अमेरिका खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुदैछ ।

The current image has no alternative text. The file name is: cricket-8.jpg

जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले खेलेका ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपाल र अमेरिकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा नेपालसँग पराजित भएको थियो  । त्यस्तै अमेरिकाले भने यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

एकदिवसीय खेलमा अमेरिका र स्कटल्यान्ड अहिलेसम्म ९ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ६ र अमेरिकाले ३ खेल जितेका छन् । 

जारी विश्वकप डिभिजन लिग-२ मा हाल स्कटल्यान्ड ३१ खेलमा ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । यस सिरिज अन्तर्गत अब अर्को खेल मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्