Logo
Logo

मलेसियाविरुद्धको पहिलो टी २० खेलमा नेपाली महिला टोली २ विकेटले विजयी


378
Shares

काठमाडौं । मलेसियाविरुद्धको पहिलो टी २० म्याचमा नेपाली महिला टोलीले २ विकेटको जित हात पारेको छ । मलेसियाको बुयनास ओभलमा आयोजित म्याचमा ६८ रनको झिनो लक्ष्य भेट्टाउन नेपाली ब्याटरहरुले कडा संघर्ष गर्नुपरेको हो । 

The current image has no alternative text. The file name is: woman-cricket-1.jpg

नेपालकी ओपनर सम्झना खड्काले ३९ बलमा ३२ रन जोडेकी थिइन् । यसअघि पहिलो इनिङमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई ६७ रनमा रोकेको थियो । नेपालकी पूजा महतोले ३ विकेट लिइन् । रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट बाँडे । मलेसियाकी एकजना ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुलेकी थिइन् ।

नेपालले एसियन गेम्स महिला टी २० क्वलिफायरको तयारीस्वरुप मलेसियासँग दुई म्याचको टी २० सिरिज खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्