काठमाडौं । कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित भइसकेकाले निर्धारित समयमै कक्षा सञ्चालन गर्न तयारी गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई कक्षा सञ्चालनका लागि पत्राचारसमेत गरिसकिएको केन्द्रले जनाएको छ ।















