Logo
Logo

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन नरोकिने


315
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन शुक्रबार हुने भएको छ ।

यसअघि कार्यकारिणी समितिको निर्णय सम्बन्धमा उच्च अदालतमा परेको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने फैसला भएसँगै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचनका लागि बाटो खुलेको हो ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठका अनुसार पूर्वसूचित निर्धारित कार्यक्रम अनुसार कार्यकारणी समिति बैठक र निर्वाचन प्रक्रिया सञ्चालन हुने छ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, सुरकृष्ण श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यको नाम चर्चामा छ ।

त्यस्तै कोषाध्यक्षमा अम्बिका पौडेल र महेशलाल प्रधानको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्