Logo
Logo

अमेरिकाले टस जित्यो, नेपालले ब्याटिङ गर्दै


252
Shares

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुँदै छन् ।

The current image has no alternative text. The file name is: cricket-9.jpg

टियु क्रिकेट मैदानमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले आज खेलाडीमा कुनै परिवर्तन गरेको छैन ।  आज रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र सोमपाल कामी रहेका छन् ।

यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

जारी लिग- २ अङ्क तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अङ्क बाड्दा २२ अङ्क हासिल गरेर पाँचौँ स्थानमा रहेको छ ।  त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्