काठमाडौं । नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको हो ।

यो टियु क्रिकेट मैदानमा नेपालले अहिलेसम्म बनाएको सर्बाधिक ठुलो रन हो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाए । उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बजाएका हुन् ।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ सेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५, सोमपाल कामीले ५ र आरिफ सेखले अविजित १८ रन बनाएका थिए ।
अमेरिकाकाका लागि शुभम रन्जानेले ३ विकेट लिएका थिए भने रुशील उग्राकर र मिलिन्द कुमारले एक एक विकेट लिए ।














