Logo
Logo

लखनउलाई हराउँदै पन्जाबको आइपिएल प्लेअफको सम्भावना कायमै


567
Shares

काठमाडौं । पन्जाब किंग्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पन्जाबले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: panjab.jpg

लखनउले दिएको १९७ रनको लक्ष्य पछाएको पन्जाबले १८ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पन्जाबको जितमा कप्तान श्रेयस अय्यरले १०१ रनको शतकीय पारी खेलेका थिए भने प्रभसिमरन सिंहले ६९ रन बनाएका थिए । त्यस्तै लखनउका बलर मोहमद शामीले २ र अर्जुन तेन्दुलकरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लागि जोश इङलिशले सर्बाधिक ७२ रन बनाए भने आयुष बदानीले ४३, अब्दुल समादले ३७ र कप्तान ऋषव पन्तले २६ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेन्द्र चहल र मार्को जानसेनले २९२ विकेट लिएका थिए ।

यो जितपछि पन्जाबको प्लेअफको सम्भावना कायम रहेको छ । पञ्जाको १४ खेलमा १५ अङ्क भएको छ र चौथो स्थानमा रहेको छ । अब पन्जाबको प्लेअफको तय आज हुने खेलको नतिजाबाट हुने छ । त्यस्तै यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको लखनउले भने यस सिजनका १४ खेलमा १० खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्