Logo
Logo

साफ महिला च्याम्पियनसिप: भुटानलाई हराउँदै नेपालको विजयी सुरुवात


189
Shares

काठमाडौं । भुटानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सोमबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा भुटानमाथि जित निकाल्दै नेपालले स्पष्ट तीन अंक जोडेको हो।

यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल यात्रा बलियो बनेको छ। नेपालले अब आगामी आइतबार श्रीलंकाको सामना गर्नेछ। समूहमा नेपालको तीन अंक भएको छ भने त्यसअघि आगामी बिहीबार श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ।

सोमबारको खेलमा नेपालले २३औँ मिनेटमा सुरुवाती अग्रता लिएको थियो। नेपाली टोलीकी डिफेन्डर गीता रानाको प्रहार भुटानी खेलाडी इडोनलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो।

खेल अवधिभर नेपालले गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेन। रेखा पौडेल, अनिता लम्जेल, रश्मीकुमारी घिसिङ र मीना देउवालगायतका खेलाडीहरू गोलको अग्रता बढाउन बारम्बार चुकेका थिए।

यो खेलसँगै नेपाली टोलीकी कप्तान एवं गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो खातामा अर्को ‘क्लिनसिट’ थपेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्