Logo
Logo

भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा


189
Shares

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको काजकिस्तानसँग पराजित भएको हो ।

आजको दोस्रो सेमीफाइनल खेलमा समूह ‘ए’ को उपविजेता नेपाल र समूह ‘बी’ को विजेता इरानसँग साँझ ५ बजे खेल्ने छ । काजकिस्तानले नेपाल र इरानसँगको खेलको विजेता टोलीसँग फाइनल खेल्ने छ । त्यस्तै, तेस्रो स्थानको लागि भारतले नेपाल र इरानसँगको खेलमा पराजित हुने टोलीसँग खेल्ने

प्रतिक्रिया दिनुहोस्