काठमाडौं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले पहिलो सेट २५-२०, दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-११ ले जित्यो ।
अब इरानले उपाधिका लागि फाइनलमा भोलि काजकिस्तानसँग खेल्नेछ । आज भएको पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो ।
यस्तै नेपालले तेस्रो स्थानका लागि भोलि नै भारतसँग खेल्नेछ ।














