Logo
Logo

काभा महिला भलिबल : भारतसँग नेपाल पराजित


378
Shares

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा भएको यस संस्करणकमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा शुक्रबार भारतसँग ३–१ को सेटमा पराजित भयो।

यसअघि नेपालले पछिल्ला दुई संस्करणम पदक जितेको थियो । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालमाथि भारतले २५–२२, २५–२३,१५–२५ र २५–२२ सेटमा जित निकाल्यो ।

यसअघि नेपालले सेमिफाइनलमा बिहीबार इरानसँग ३–० को सेटमा हार ब्यहोरेको थियो । नेपाल र भारतले यसअघि समूह चरणमा प्रतिस्पर्धा गर्दा नेपाल ३–२ को सेटमा हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्