
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट बताएका हुन् । पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताएका छन् ।
रास्वपा सरकारले ल्याएको यो बजेट हालसम्मकै ठूलो हो । चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरेका हुन्।
त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले बताए। यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो।














