Logo
Logo

कुशल भुर्तेलले प्रहार गरे एकै ओभरमा ६ छक्का


378
Shares

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

The current image has no alternative text. The file name is: kushal-1.jpg

भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।

यसअघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२३ को  एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औँ ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

उनले ३२ बलमा ९४ रन बनाएर खेलिरहेका छन् । नेपालले १० ओभरमा १ विकेट गुमाए १३५ रन बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्