Logo
Logo

एशियन गेम्स पुरुष क्रिकेटको क्वालिफायर्समा नेपालको विजयी शुरुवात


693
Shares

काठमाडौं । नेपालले चीनविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको आइतबार सम्पन्न खेलमा नेपालले चीनलाई २२१ रन अन्तरले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: bhurtel.jpg

नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछाएको चीनले १९.२ ओभरमा ९२ रन बनाएर अल आउट भएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३-३ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । भुर्तेलले ४३ बलमा १२९ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए । 

यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

यो जितपछि अब नेपालले अर्को खेल जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ । टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिँदै छन् । जसमा जापान आयोजकको रूपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्